मोर्बीडेलीको टी २५२ एक्स र टी ३५२ एक्स मोडल नेपालमा बिक्री सुरू

काठमाडौं । इटालियन मोटरसाइकल ब्राण्ड मोर्बीडेलीका दुई नयाँ मोटरसाइकल नेपाल भित्रिएका छन् । नेपालका लागि मोर्बीडेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोर्बीडेलीको दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले मोर्बीडेलीको टी २५२ एक्स र टी ३५२ एक्स मोडल नेपालमा बिक्री सुरू गरेको छ । कम्पनीकाअनुसार टी २५२ एक्सटीको मूल्य ५ लाख ५७ हजार रुपैयाँ र टी ३५२ एक्सको ९ लाख ९७ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

टी २५२ एक्समा २४९.५३ सीसी क्षमताको डबल सिलिण्डर, फोर स्ट्रोक इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ३३.५ हर्स पावर तथा २० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

त्यस्तै, टी ३५२ एक्समा ३४९.२ सीसी क्षमताको डबल सिलिण्डर, फोर स्ट्रोक इन्जिन दिइएको छ । यस इन्जिनले अधिकतम ४०.९ हर्सपावर तथा ३१.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

You might also like

Comments are closed.