मोटरहेडका कर्मचारी तथा डिलर पार्टनरलाई मोटिभेसनल ट्रेनिङ

 

काठमाडौं । मोटरहेड ब्राण्डको बाइकका लागि नेपालको आधिकारिक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.ले आफ्ना कर्मचारी तथा डिलर पार्टनरलाई मोटिभेसनल ट्रेनिङ प्रदान गरेको छ ।

नेपालका ख्यातिप्राप्त मोटिभेसनल कोच अनन्तराज घिमिरेले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । काठमाडौंको दक्षिणकालीस्थित छैमली रिसोर्टमा शुक्रबार र शनिबार कार्यक्रम भएको हो ।

jutta mela

ग्राहकसँग बिक्रीमा मात्रै केन्द्रित नभइ दीगो सम्बन्ध कायम गरेर बिक्री प्रवद्र्धनमा जुट्न ऊर्जा प्रदान गर्ने उद्देश्यले कम्पनीले कर्मचारी र डिलरलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको प्रा.लि.का जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए । मोटरहेड ब्राण्डका बाइकप्रति नेपाली बजारमा ग्राहकको आकर्षण देखिएको उनले बताए ।

You might also like

Comments are closed.