मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य बढ्यो, अन्यको यथावत

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार दुई मोडलमा ६० हजार र अर्को दुई मोडलमा क्रमशः ५८ हजार र ४० हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्य सूची अनुसार मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजारबाट ४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी स्पोर्ट्स २५० रोड भर्सनको मूल्य ३ लाख ७५ हजारबाट ४ लाख ३५ हजार तथा स्पोर्ट्स २५० अफरोड भर्सनको मूल्य ३ लाख ७२ हजार बाट ४ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

jutta mela

स्क्रर्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार बाट ४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।सरकारले बजेटमार्फत २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको कर बढाए पश्चात मोटरहेडले पनि यी मोटरसाइकलको मूल्य बढाएको हो ।

त्यसैगरी ढुवानी खर्च र डलरको बढेको भाउले समेत असर पारेको कम्पनीको भनाइ छ । बढेको मूल्य आजैदेखि लागू हुने बताइएको छ ।

यद्यपि मोटरहेडका अन्य मोडलको मूल्य भने यथावत रहेको छ । नेपाली बजारमा उपलब्ध एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, एक्सटर्क २५० को मूल्य ३ लाख ९० हजार र टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.