अशोक लेल्याण्डका गाडी खरिदमा डेरी उद्योगीलाई विशेष सहुलियत

काठमाडौं । आईएमई मोटर्स अन्तर्गतको अशोक लेल्यान्ड गाडी खरिदमा नेपाल डेरी एसोसिएसनका सदस्यहरुले विशेष छुट पाउने भएका छन् । एसोसिएसनका देशभर रहेका सदस्यहरुले आफ्नो व्यावसायिक प्रयोजनका लागि गाडी खरिद गर्दा विशेष सहुलियत पाउने गरी आईएमई मोटर्स र नेपाल डेरी एसोसिएसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच एसोसिएसनका तर्फबाट अध्यक्ष प्रल्हाद दाहालले र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशील सुवेदीले हस्ताक्षर गरेका छन् । रेफ्रिजिरेटर पिकअल भ्यान लगायत एलसिभी रेन्जका गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने गरी सम्झौता भएको अध्यक्ष दाहालले जानकारी दिए । ‘यो सम्झौतापछि देशभरका डेरी व्यवसायीहरु लाभान्वित हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

सहुलियत ब्याजदरमा बैंकिङ फाइनान्सको सुविधासमेत उपलब्ध गराउने आईएमई मोटर्सले सम्झौता पत्रमा उल्लेख गरेको छ । अशोक लेल्याण्डका गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र सम्झौतासँगै प्राप्त छुटले डेरी व्यवसायीहरुका लागि आवश्यक गाडीहरु अशोक लेल्याण्डबाटै खरिद हुने डीजीएम सुवेदीले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै सेवा प्रदान भइरहेको उनको भनाइ छ ।

अशोक लेल्यान्डका पिअकपदेखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारी साधन उपलब्ध छन् ।

You might also like

Comments are closed.