काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम कर्मचारी, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहक ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।




Comments are closed.