माउण्ट अन्नपूर्णमा अंग्रेजी निवन्ध प्रतियोगिता

पोखरा ।
ब्यवस्थापन तथा होटल व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट नदिपुर—३, पोखरामा रहेको माउण्ट अन्नपूर्ण मा.वि.मा कक्षा ११ र १२ का विद्यार्थीहरुका बिचमा खुल्ला अन्तर सेक्सन अंग्रेजी निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

१२ वटा सेक्सनबाट ९३ जना विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रमबारे प्रकाश पार्दै बिद्यालयका प्राचार्य प्रदिप कुमार लम्सालले यस्ता कार्यक्रमले बिद्यार्थीको नेतृत्व बिकाश तथा अन्तरनिहीत प्रतिभा प्रस्फुटनमा थप सहयोग गर्ने कुरा प्रष्ट पारे । हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै विभिन्न ३ वटा शिर्षक दिईएको उक्त कार्यक्रममा विद्यार्थिहरुले दिईएको निर्देशन अनुसार आफ्नोे घरमै बसेर प्रविधिको उच्चतम प्रयोग गरि कार्यक्रममा सहभागिता जनाएको बिद्यालयका ऐकेडेमिक डाईरेक्टर अशोक कुमार शाहीले जानकारी दिए ।

विद्यालयका +२ संयोजक कृष्ण लम्सालको संयोजकत्वमा सँचालित उक्त प्रतियोगिताको प्राविधिक जिम्मेवारी विद्यालयका प्रशासक प्रदिप पोखरेलले सम्हालेका थिए । प्रतियोगितामा प्रथम कक्षा ११ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्र संगित रोक्का प्रथम, कक्षा १२ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्रा मिनाक्षी तिलिजा द्वितिय र तृतिय तथा सान्त्वना स्थान कक्षा ११ ब्यवस्थापन संकायमा अध्ययनरत छात्राहरु क्रमशः ममता के.सी.र प्राप्ती राज्य लक्ष्मी राणा भए ।

jutta mela

विद्यालयले शिक्षा क्षेत्रमा कोभिड—१९ ले पारेको परिस्थितिलाई मध्यनजर गर्दै यस अघि पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको साथै कक्षा ११ र १२ का विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा दिने अभिप्रायले अनलाईन मार्फत पठन—पाठनलाई अगाडि बढाई राखेको विद्यालयका ऐकेडेमिक डाईरेक्टर अशोक कुमार शाहीले जानकारी दिए । यस्तै परिस्थिति थपिँदै गएमा नयाँ शैक्षिक सत्र सञ्चालनका लागि विद्यालयले अनलाईन कक्षाहरु चलाउन आवश्यक तयारी तथा पूर्वाधार व्यवस्थापन गरिसकेको विद्यालयका प्राचार्य प्रदिप कुमार लम्सालले बताए ।

You might also like

Comments are closed.