मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र देखी १३ गतभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फाराम या आवेदन पनि यँहि अफर समय अवधिभित्र दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा निःशूल्क लिन सक्नेछन् ।

होली सप्ताह अफर सँगै ग्राहकले चाहेमा निःशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्नसक्ने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट विना कुनै शुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.