काठमाडौं । मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४/८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजार सम्मको अंकित तथा चुक्ता मूल्य रु. १०००/– कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । यस सम्बन्धमा मुक्तिनाथ विकास बैंक लि. र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच बिहीबार सम्झौता भएको छ । ऋणपत्रको ब्याजदर ८ दशमलव ७५ प्रतिशत कायम गरिएको छ ।
बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी सानिमा क्यापिटल लि.मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचीकरण भएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।






Comments are closed.