मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । मंसिर महिनामा मात्र बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको छ ।

बैंकले गो.न.पा –०१ दुङ्गासाँघु, ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणको लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई आर्थिक सहयोग गरेको छ । बालबालिकालाई टेबल टेनिस तालिम निः शूल्क प्रदान गर्न बैंकले ४० हजार रुपैयाँ आर्थिक सहयोग हस्ताणतरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंककोATM CARD  प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आवद्ध अन्य जुन सुकै बैंककोATM MACHINEबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

lcci
You might also like

Comments are closed.