कृषि पेशालाई सम्मानित पेशा बनाउने मुक्तिनाथ बैंकको अभियान जारी

नवलपरासी । ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत ‘गाउँ गाउँ सहकारी,घरघर रोजगारी’लाई मुलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आम जनसमुदायलाई समेटी उद्यमशिलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

यसै सिलसिलामा नवलपरासीको हुप्सेकोट गा.पा.मा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा सहकारी दर्ता प्रक्रिया अघि बढाइएको छ । सहकारी दर्ता प्रक्रिया स्थानिय समाजसेवी ओम घर्ति मगरको सहजिकरण र स्थानिय कृषक टोपबहादुर सेनको अध्यक्षतामा आम जनभेलामार्फत तदर्थ समिति गठन गरि अघि बढाइएको हो ।

मुक्तिनाथ विकास बैंक लि.तथा मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गा.पा.का प्रमुख लक्ष्मीदेवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष, स्थानिय बुद्धिजिबि, समाजसेवी, कृषक, उद्यमीलगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना, अनुज अधिकारी र मुक्तिनाथ विकास बैंकका कर्मचारी सन्तोष रोकाले सहजिकरण गरेका थिए ।

सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानिय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसंग जोड्ने पुलको काम गर्नेछ । सहकारीको माध्यमबाट उत्पादकदेखि उपभोक्तासम्मको मुल्य श्रृंखला निर्धारण गर्ने काम हुनेछ । सहकारीमा आवद्ध सेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको व्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारीमार्फत उपलब्ध गराउनेछ, भने कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम, प्रशिक्षण, विउविजन, विषादीलगायतका उपजहरु र आवश्यक प्रविधिका सामग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारीमार्फत उपलब्ध गराउनेछ ।

साथै कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामग्रीहरु सहकारीमार्फत संकलन गरि मुक्तिनाथ कृषि कम्पनीले उपभोक्तासम्म पु¥याउने कामको जिम्मा लिनेछ । यस किसिमको कार्य नेपालमै पहिलोपटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा हुन गइरहेकाले यसले भविष्यमा कृषि पेशा सम्मानित पेशाको रुपमा विकसित हुने अपेक्षा गरिएको छ र साथै यसले घरघरमा रोजगारी सिर्जना हुने र यस पेशामा शिक्षित युवाहरुको समेत अकर्षण बढ्ने हुँदा विदेशिने युवाको संख्यामा पनि कमी आउने अपेक्षा गरिएको छ ।

त्यस्तै, यसले भविष्यमा आर्थतन्त्रमा नै ठुलो योगदान पुग्ने कुरामा आफु ढुक्क रहेको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष ढकालले बताए । नेपाल जस्तो देशका लागि यस सहकारीको अवधारण अत्यन्तै अपरिहार्य भएको र यसले भविष्यमा नेपालको कृषि क्षेत्रमा आमुल परिर्वतन आउने अपेक्षा लिएको मुक्तिनाथ कृषि कम्पनीका संचालक तथा मुक्तिनाथ क्यापिटल लि.का अध्यक्ष सिताराम काफ्लेले बताए ।

भेलामा उपस्थित सम्पुर्ण स्थानिय जनप्रतिनिधि तथा स्थानिय ब्यक्तिहरुबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखि ल्याईएको यस कामको उच्च प्रशंसा गर्दै यसलाई सफल बनाउन आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको प्रतिवद्धता पेश भएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.