मुक्तिनाथ विकास बैंकद्वारा अस्पतालमा व्हीलचेयर वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले मधेश प्रदेशमा रहेका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।

बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द निगाहपूर अस्पताल , गजेन्द ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको हो ।

jutta mela

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउनुहुने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणा छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

You might also like

Comments are closed.