महिला उद्यमीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा महासंघमा आवद्ध महिला उद्यमीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका हुन् । महिला उद्यमीले बैंकिङ कारोबार र सेवा सुविधा सम्बन्धी राख्नु भएको विभिन्न जिज्ञासालाई बैंकले जानकारी गराएको छ ।

jutta mela

महासंघका अध्यक्ष शोभा ज्ञवालीले यस कार्यक्रमबाट महिला उद्यमीलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुका साथै बैंकको सेवाबारे जानकारी पाएको बताइन् । यस कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीको सहभागीता रहेको बताइएको छ ।

बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा ल्याएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ सेवा बैंकमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था छ ।

You might also like

Comments are closed.