मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरबीच सम्झौता गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरसँग विभिन्न औषधी र स्वास्थ सम्वन्धी सेवाहरु (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सा, अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकले काठमाडौं लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधीहरु र स्वास्थ सम्बन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही मङ्सिरभित्र सार्वजनिक निष्काशनमार्फत् इकाई बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

lcci
You might also like

Comments are closed.