काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्युनिकरण र पहिचानका लागि विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न बैंकले आर्थिक सहयोग गरेको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई साथ दिदै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले रु ५१ हजार रकम हस्तान्तरण गरेका हुन् ।
संघको पहलमा सञ्चालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीयमा समेत सुरक्षाको प्रत्याभुती मिल्ने बैंकले विश्वास लिएको छ । संघका अध्यक्ष विनय केसी, संघका अन्य पदाधिकारी र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख सहभागी थिए । बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
Comments are closed.