मुक्तिनाथ विकास बैंकको सहयोगमा अपाङ्गता सहायता सामग्री वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चरपुरमा अपाङ्गता सहायता सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको हो ।

देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैशाखी तथा सेतो छडीको आवश्यताका लागि संस्थामा निवेदन आउने गरेको हुँदा संस्थाको समन्वयमा बैंकले बैशाखीहरु वितरण गरेको जनाइएको छ । यस सहयोगबाट उनीहरुको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

 

 

You might also like

Comments are closed.