काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गरेको छ ।
शिक्षालाई प्रोत्साहन दिँदै डोटीको बटालागाउँ पूर्वीचौकी गाउँपालिका–५ स्थित नवप्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्रछात्रालाई विद्यालय पोशाक उपलब्ध गराएको छ । यस कार्यक्रमले विद्यार्थीमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकरात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले सुर्खेतको बिरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल सुर्खेतमा १० थान व्हीलचेयरहरु प्रदान गरेको छ । यस सहयोगले स्वास्थ्य सेवा लिन आउने बिरामी र ज्येष्ठ नागरिकलाई सहज हुने अपेक्षा बैंकले लिएको छ । जिल्ला अस्पताल धनकुटामा समेत बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उद्धेश्यले ७ थान तीन सिटर कुर्सीहरु हस्तान्तरण गरिएको छ ।
बैंकले यसबाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रमा निरन्तर सकरात्मक योगदान पु¥याउँदै आइरहेको छ । आगामी दिनमा समेत यस किसिमका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।
Comments are closed.