मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिदमा ८ प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयर बीच सम्भmौता भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सम्झौता भएको हो ।

एक कार्यक्रम बीच सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ्ग विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास र्बैकको मोबाईल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउनेछन् । बुद्ध एयरका मार्केटिङ्ग सेल्स्का निर्देशक रुपेश जोशीले अब केही दिन भित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।

साथै, बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.