मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाइल बंैकिङ सेवाको स्तरबृद्धि गरी थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ ।

‘मुक्तिनाथ फाइदा एप’ सञ्चालन पछि ग्राहकले मोवाइल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकाले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसेर बैंकिङ सेवा उपयोग गर्न सकिने भएको छ ।

ग्राहकले गर्ने सुरक्षित कारोवारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयम्को हो होइन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहँुच नहुने भएको छ । ग्राहकले मोवाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोवार गर्न सक्नेछन् ।

यसका साथै अन्य थप गरिएको सुविधामा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नविकरण, इ–कर्मस कार्ड सकृय, भाषा छनौट, विदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाको जानकारी, भेटघाटको लागि अनुरोध, कारोवार सफल नभएमा कारोवारको दाबी गर्न, बैंकले दिने विभिन्न सुचनाको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेकबुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको छ ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही मङ्सिरभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

 

lcci
You might also like

Comments are closed.