मुक्तिनाथ विकास बैंकद्वारा खानेपानी ट्याङकी हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ ।

पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वोल्दै अध्यक्ष थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी रहेको र विभिन्न सामाजिक काम गर्दै आएकोमा बैंकको प्रसंसा गरे ।

धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेको र यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि खानेपानी ट्याङकीको निर्माण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुनसुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

You might also like

Comments are closed.