कृषि क्षेत्रको सम्वृद्धिका लागि मुक्तिनाथ कृषि कम्पनी निरन्तर सक्रिय छः अध्यक्ष ढकाल

स्याङ्जा । मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यक्रम अन्तर्गत स्याङ्जामा सोमबार छलफल सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै कम्पनीका अध्यक्ष भरतराज ढकालले देशमा कृषि क्षेत्रको सम्वृद्धिको लागि कम्पनी निरन्तर सक्रिय रहेको बताए ।

प्रत्येक स्थानीय तहको हावापानी, भूगोल, कृषि सम्भावना र क्षमता अनुरुपको छुट्टाछुट्टै परियोजना निर्माण गर्ने र कार्यान्वयन गर्ने अभियानमा कम्पनी रहेको ढकालले बताए । कृषिसँग सम्बन्धित सबै स्टेकहोल्डरलाई एकै स्थानमा जोड्ने हेतुले मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यक्रम संचालन भइरहेको र यो अभियान सफल बनाउन सबैको साथ आवश्यक रहेको ढकालले बताए ।

स्थानीय तह, निजी कम्पनी, सहकारी र किसानहरुलाई संगै समेटेर बृहत परियोजना निर्माण गर्ने योजना अनुरुप कार्यक्रमको आयोजना गरिएको र सबै स्थानीय तहको सहकार्यमा देशैभर विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टि.ले मुक्तिनाथ कृषि कम्पनीको योजना सफल बनाउन स्थानीय सरकारले साथ दिनुपर्ने र स्याङजामा सफल बनाउन सहयोग गर्ने बताए ।

स्याङ्जा जिल्ला भरका स्थानीयतहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु, कृषि समूहका प्रमुखहरु, पत्रकारहरु साथै कृषिसंग सम्बन्धित भिभिन्न व्यक्तिहरुको उपस्थतिमा कार्यक्रम भएको हो । सो अवसरमा कम्पनीको परियोजनाको औचित्य र महत्वको बारेमा कम्पनीको तर्फबाट ‘एक स्थानीय तह, परियोजना’ संयोजक केशवराज लम्सालले प्रस्ट्याएका थिए । कार्यक्रमको संचालन कम्पनीका गण्डकी प्रदेश क्षेत्रिय प्रबन्धक भूमिराज भण्डारीले गरेका थिए ।

यसैबीच कम्पनीको सोही कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.