कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा कृषि विज्ञ श्रेष्ठ नियुक्त

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृषि विज्ञ शरदचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

यही असोज १६ गते सम्पन्न सञ्चालक समितिको ८५ औं बैठकको निर्णय बमोजिम रिक्त रहेको स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरिएको हो । पाल्पाको तानसेन स्थायी घर भई हाल काठमाडौंको टोखा बस्ने कृषि प्रसार विज्ञ श्रेष्ठलाई मुक्तिनाथ कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएको सञ्चालक समितिले जनाएको छ ।

jutta mela

नवनियुक्त श्रेष्ठले नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सेवा निवृत्त सहसचिव तथा गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरेका छन् ।

श्रेष्ठको नियुक्तिले कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सहकारी, सरकारी तथा गैरसरकारी सरोकारवालासंगको सहकार्य र लगानीकर्ताको विश्वासमा थप टेवा पुग्ने कम्पनीले अपेक्षा राखेको छ ।

You might also like

Comments are closed.