मुस्ताङका विद्यालयहरुलाई १ करोड ३० लाखको कम्प्युटर तथा सञ्चार उपकरण हस्तान्तरण

पोखरा ।

ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको समन्वयमा मुस्ताङमा सञ्चार उपकरण सामग्री हस्तान्तरण गरिएको छ । करिब १ करोड ३० लाख रुपैयाँ बरावरको  कम्प्युटर तथा संचार उपकरण हस्तान्तरण गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष सवि गौचन शेरचनले जानकारी दिइन् ।

मुस्ताङको लेतेमा २४ थान, कोवाङमा २० थान, मार्फामा १५ थान, कागवेनीमा १० थान र जोमसोममा २४ थान कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

jutta mela

नेपाल सरकार सुचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा वार्षिक विनियोजित बजेट कार्यक्रम अनुसार सामुदायिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो ।

ज्ञानोदय मावि लेते, जनआदर्श मावि कोबाङ, जनबाल मावि मार्फा, जनहित मावि जोमसोम र जनशान्ति माविलाई कम्प्युटर लगायत संञ्चार उपकरण हस्तान्तरण भएको प्रतिष्ठानले जनाएको छ । ।

You might also like

Comments are closed.