नबिल बैंक र पलाँता गाउँपालिकाबीच उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झौता

काठमाडौं । नबिल बैंकले कालिकोटकोे पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नबिल बैंकले पलाँता गाउँपालिकासंग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकोे छ ।

पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाकको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दैै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंककोे दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । कार्यक्रममा नबिल बैंककोे दिगो बैंकिङ तथा वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगोे बैंकिङका प्रबन्धक लिला प्रसाद ओेझाले प्रकाश पारेका थिए । अन्तििक्रयामा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुकोे समेत सम्वोधन गरिउको थियो । कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीकोे उल्लेख्य उपस्थिती रहेको थियो ।

jutta mela

नबिल बैंकले गत असार १५ गते धान दिवशकोे दिन नबिल दिगोे बैंकिङकोे सुरुवात गरेको हो । सरकारको दिगो विकासकोे लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको होे । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेकोे छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रकोे व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकँे छ ।

You might also like

Comments are closed.