काठमाडौं । नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा.लि.बीच सम्झौता भएको छ । कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बंंैकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने गरी सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा.लि. काठमाडौंका अध्यÔ सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा बोल्दै बस्नेतले नबिल बैंकले सदैब दीगो बैंकिङलाई प्राथमिकता राखेको बताए । ‘कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दीगो विकासमा सहयोग पुग्नेछ,’ उनले भने, ‘कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छांै ।’
सँझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको उनले बताए । ‘नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तीय लगानी प्रवृति नै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ,’ उनले भने ।
आर.एण्ड डि.का अध्यक्ष न्हेम्हाफूकीले कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहु“च सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको बताइन् ।
नबिल बैंकले देशभर १ सय १९ वटा शाखा कार्यालयहरु, १८५ एटिएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको बृहद सञ्जालमार्फत सेवा प्रवाह गरिरहेको छ.। आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. सन् २०१२ देखि सञ्चालनमा आएको हो । जसको लक्ष्य नेपालका किसान समुदायहरूले सामना ग®ि®हेका चुनौतीहरूलाई सम्बोधन गर्नेछ ।
Comments are closed.