नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण कारोबार चार दिन बन्द हुने

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण कारोबार चार दिन बन्द हुने भएका छन् । दुई बैंकबीच मर्जर भएपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले सेवा बन्द हुने बैंकले सूचना जारी गरि जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ”दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको लागि मिति २०७९/०३/२४ गते शुक्रबार कार्यालय समय पछि मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार र मिति २०७९/०३/२५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर (365 days Banking) तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ ।”

उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने ।त्यस्तै, असार २७ देखि नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले नबिल बैंक लिमिटेडेको प्रादेशिकरशाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंक लि। बाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ ।

सविक नेपाल बङ्गलादेश बैक लि।ले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरुलाई सुचीत गरी नयाँ कार्डहरु उपलब्ध गराइने नबिल बैंकले जनाएको छ ।

त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि/ मा भने मिति २३ गते विहिबार कार्यालय समय पश्चात मिति २०७९/०३/२७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंक लि. का क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ।

साविक नेपाल बङ्गलादेश बैंक लि। ले जारी गरेका डेबिट क्रेडिट प्रिपेड कार्डहरु मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने छ ।

You might also like

Comments are closed.