झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो ।
दिगो बैंकिङलाई प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गर्न थप हौसला दिएको बताए ।
कार्यक्रममा बोल्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सिर्जना गर्नका साथै उद्यमशिलता पवर्द्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने बताइन् । विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्युआर कोडले व्यवसायमा पुर्याउने योगदानका विषयमा प्रष्ट पारे ।
नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिलाप्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरुको बारेमा प्रस्तुति दिनुका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशिल कर्जाका बारेमा जानकारी दिए ।
नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ हाल १ सय शाखामा विस्तार भएको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जामार्फत ५ सय भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।
Comments are closed.