काठमाडौं । नाडाको लुम्बिनी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन नेपाले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रम भएको छ । ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एसोसिएसनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
सो एसोसिएसनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च व्याज दरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको दुखेसो गर्दे अझै थुप्रै जटिलताहरु रहेको धारणा राखेका थिए ।
यस अघि उक्त एसोसिएसनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।








Comments are closed.