काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसनअफ नेपालले राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयको स्वागत गरेको छ ।
शुक्रबार एक सूचना जारी नाडाले गर्दैै, ‘नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेकोे छ । सरकारले ८ महिना देखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध पनि केही समय अघि फुकुवा गरेको छ । सरकार तथा नेपाल राष्ट्र बैंकको यस्तो निर्णयको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल हार्दिक स्वागत गर्दछ ।’
त्यसैगरी, नेपाल राष्ट्र बैंकको हालको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको नाडाले सूचनामा बताएको छ ।साथ साथै चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधनका लागि नेपाल राष्ट्र बैंकसँग हार्दिक अनुरोध गरेको
अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको लोन-हायर पर्चेज प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्धि गरिनु पर्ने लगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन नसक्ने र त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव देशको राजश्वमा परिरहने देखिएकोले उल्लेखित विषयका माँगहरु -पनि सम्बोधन हुदै जादै अपेक्षा नाडाले राखेकाे छ ।
Comments are closed.