ताप्लेजुङ आगलागी पीडितलाई नाडाद्वारा २ लाख १ हजार सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको लागि सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङमार्फत आगलागी पीडितलाई सहयोग हस्तान्तरण गरिएको छ ।

नाडाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङलाई मन्त्रीमार्फत २ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । आइतबार सहयोग हस्तान्तरणका अवसरमा बोल्दै मन्त्री नेम्वाङले नाडाको सहयोगले आगलागी पीडितको राहतमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

छलफलको क्रममा भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद व्यक्त गरे । नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङलाई सहयोग हस्तान्तरण गर्ने मन्त्री नेम्वाङले बताए ।

ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको राहतको लागि नाडाको पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुसंग रकम संकलन सहयोग गरिएको अध्यक्ष दुलालले जानकारी दिए । कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतीको उपस्थिति थियो ।

You might also like

Comments are closed.