नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका सम्बन्धमा यस्ता छन् नाडाको सुझाव

काठमाडौं । नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष अटोमोवाइल क्षेत्रका समस्याबारे जानकारी गराउँदै आगामी मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गरेको छ ।

अटोमोवाइल क्षेत्र नेपालको कुल ग्राह्यस्थ उत्पादनमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौँ नेपालीलाई रोजगार प्रदान गरी राष्ट्रिय विकासमा ठुलो भूमिका निभाउदै आएको छ । अटोमोवाइल सेक्टरमा आर्थिक सुस्ततासंगै अटो सेक्टरमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै सङ्कटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको छ । यो क्षेत्रले अहिले १४ प्रतिशतमात्र कुल ग्राह्यस्थ उत्पादनमा योगदान गरेको छ । एक समयमा २१ प्रतिशत सम्मको योगदान हुने गरेको थियो ।

नाडाका अध्यक्ष करण चौधरीले अहिले अटोमोवाइल मैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको बताउँदै विद्युतीय सवारी साधनमा नीतिगत स्तरमा भएको लचकता सराहनीय छ तर अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई सबै अटो व्यवसायलाई समेट्ने गरेको बताए । जसमा ICE सवारी साधन, पार्ट्स, लुब्रिकेन्ट्स र टायर लगायत क्षेत्रहरु पनि समावेश हुने भएकाले सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता हुन्छ । आगामी नीतिले सुधार ल्याएन भने स्थिति अझै भयावह हुने, व्यवसायीहरु पलायन हुन बाध्य हुनेछन् । सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडाले नेपाल राष्ट्र बैंक समक्ष विभिन्न सुझावहरु पेश गरेको छ ।

नाडाले नेपाल राष्ट्र बैंक समक्ष प्रस्तुत गरेको सुझाबहरु :

१ पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैकबाट Hire Purchase  ऋण प्रवाह गर्ने प्रक्रियामा ऋण र मुल्य अनुपातले ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशतमा पुर्याउनुपर्ने ।

२. पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनलाई स्पष्ट रुपमा छुट्याई सोही अनुसार बैंकले लगानी गर्न सहजीकरण गरिदिनुपर्ने ।

३. चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएपछि विभिन्न चरणमा राष्ट्र बैंकले यसलाई सच्याउदै पनि आएको छ । तर पनि यसले व्यवसायीलाई समस्यामा पारेको छ । यो लागू भएको मितिपछी कर्जा लिएकालाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने ।

४. कालोसुचिमा परेका व्यक्तिले पनि अन्य बैकबाट आफ्नो कारोवार गरिरहेको देखिएकाले कालोसुचिमा परेका व्यक्ति वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो हुने गरेकाले राष्ट्र बैङ्कले यस नियमलाई कडाइका साथ लागु गर्नुपर्ने ।

५. नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युत्तिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनलाई स्पष्ट रुपमा छट्याई सोही अनुसार बैंकले लगानी गर्न सहजीकरण गरिदिनुपर्ने । त्यसैगरी कुनैपनि क्षेत्रमा NPA ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रोबस र नीजि प्रयोजनका कार एउटै क्षेत्र अन्तर्गत पर्ने हुदा धेरै बैंकले डिजेल पेट्रोलबाट चल्ने नीजि कारलाई पनि फाइनान्स गर्न बन्द गर्नुपर्ने ।

६. घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । अर्थात् घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेश गरेका आधारमा ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनुपर्ने ।

७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनलाई छट्याउनुपर्ने ।

 

You might also like

Comments are closed.