काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) बीच सहाकार्यका लागि सहमती भएको छ । नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन दुई संस्थाबीच सहकार्य गर्न सहमती गरिएको हो ।
आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम र रोजगारीका लागि अवसरहरु सृजना गरी आवश्यक सुधार समेत गर्ने, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने, यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकता र कर्मचारीको क्षमता बीचको खाडल पूरा गर्ने सहमती भएको छ ।
यस्तै लेवल एकबाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने, आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने, तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसंग सहमती गरी (एमओयु) अघि बढ्ने सहमती अनुसार काम गर्ने बताइएको छ ।
दुई निकाय बीच भएको सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा गरिएको छ । छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती लगायत सहभागी थिए ।
Comments are closed.