काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भको अवसरमा सोमवार लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमुलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गर्दै अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिएका छन् । नेपालमा रोजगारीको स्थिती, विदेशमा बढ्दो बसाइसराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीले अन्य मुलुकमा जान गरिरहेको प्रयास, नेपालको अटोमोवाइल क्षेत्रले राजश्वमार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, रोजगारीमा देखिएका चुनौती, नीतिगत सिफारिस र तत्कालै गर्नुपर्ने पहलका विषयमा उनले जानकारी गराएका छन् ।
यस समझदारीले रोजगारी र श्रमिकको अभिबृद्धिका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ । नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमा लिएको छ । सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्यसमिति आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल लगायत सहभागी थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा
मन्त्रालयको ‘उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन’ भन्ने नाराका साथ काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गरिएको छ । सोमवार देखि सुरु भएको सम्मेलन मंगलवारसम्म चल्नेछ ।
Comments are closed.