wada auto show

स्वदेशमै उद्योग व्यवसायबाट आयआर्जनको वातावरण निर्माण गरिदिन नाडाको अनुरोध

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को एक टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग छलफल गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री दामोदर भण्डारीसंग छलफलमा देशका उद्योगी व्यवसायीको लागि आफ्नो देशमै उद्योग व्यवसाय गरेर आयआर्जन गर्न सकिने वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनको व्यवसायमा ठूलो असर परिरहेकाले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासा गरे । देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनुपर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा फिनिष्ड गुड नै नेपालमा ल्याएर विक्री वितरण भइरहेकोले यसलाई रोक्नुपर्ने उनले जानकारी गराएका छन् ।

नेपालमै टायर उद्योगहरु खोलिएपनि त्यसका लागि स्टयानदर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा वाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको बताउँदै अध्यक्ष चौधरीले हुँदा सरकारले देशका उद्योगी व्यवसायीको लागि देशमै उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने वातावरण निर्माणका लागि समेत आग्रह गरेका छन् ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नहुदा सवारी साधन पैठारीकर्तालाई ठूलो समस्या भइरहेकोले सो ऐन छिटै पारित गर्नका लागि आग्रह गरे । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालका व्याट्री उद्योगको अवस्थाबारे समेत जानकारी दिदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तर गरी सञ्चालन गर्न सकिने र त्यस ठाउँलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखेका छन् ।

मन्त्री भण्डारीले नेपाल सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेकाले खुल्ला बजार अर्थतन्त्रमा ७ सय प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताए । नाडाका सुझावहरु राजश्व परामर्श समितिमा पठाउन अनुरोध समेत गर्दै मन्त्री भण्डारीले एजेन्सी दर्ता सम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिदै सो ऐन छिट्टै पारित हुने बताएका छन् । नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न आफु दत्तचित्त भएर लागिरहेको उनी बताउँछन् ।

छलफलमा मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, नीजि सचिव सुमन धिताल र स्वकिय सचिव आनन्दप्रसाद भट्ट, नाडाकोतर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.