चीन अटो चोङछिङ सम्मेलन २०२५, नयाँ ऊर्जा र स्मार्ट प्रविधि सङ्क्रमणबारे छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गरेको छ । जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रीत हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको सङ्क्रमणबारे विश्वव्यापी छलफल गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरबारे धारणा राखेका छन् । नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रमा पनि सहभागिता जनाए । सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारे समेत छलफल भएको छ ।

सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको छ । जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाबारे समेत विचार विमर्श गरिएको छ । नाडाले नेपालको व्यवसाय प्रवद्र्धन गर्ने स्टल समेत राखेको छ । नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिको अवस्था र वातावरण, तथा नाडाले आउदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी गराइएको छ । यसबारे चिनियाँ अटोमोबाइल कम्पनीले चासो देखाएको छ ।

नाडाको सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुगेको छ । सम्मेलनमा नाडाको तर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्यसमिति सदस्यहरु प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कायसमिति सदस्यहरु अनुपकुमार बराल र नारायणप्रसाद पौडेल सहभागी थिए । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको हो ।

You might also like

Comments are closed.