बाढीपहिरो पीडितलाई संयमित रहन नाडाको आग्रह

काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आग्रह गरेको छ ।

बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको छ ।

यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरु समेत बगाएको छ । यस दुःखद क्षणमा एक विज्ञप्ती निकाल्दै नाडाले पीडितप्रति समवेदना प्रकट गरेको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यको सधैं साथमा रहदै आएको छ ।

पीडितको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउदै आएको नाडाका अध्यक्ष करण चौधरीले बताए । यस विषम परिस्थितिमा कुनै सहयोग आवश्यक परेमा नाडालाई खबर गर्न अनुरोध समेत गरिएको छ ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.