राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट नाडा सम्मानित

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NADA) तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाललाई सम्मान गरेको छ । अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा योगदान पुर्याएकोमा प्रतिष्ठानले नाडालाई सम्मान गरेको हो ।

यसै क्रममा, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदरस्वरूप नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठ लाई प्रशंसा–पत्र प्रदान गरिएको हो ।

उक्त सम्मान तथा प्रशंसा–पत्र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू—विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमहरू—ले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको  प्रमाण–पत्रमा उल्लेख गरिएको छ ।

नाडाले आगामी दिनहरूमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.