काठमाडौं । नाडामा संस्थागत सदस्यतर्फबाट कार्यसमिति सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् । नाडाको ४५औं साधारणसभा अन्तर्गत आइतबार भएको मनोनयन दर्ताका क्रममा उनीहरु सर्वसम्मत भएका हुन् ।
प्रदेश न. १ बाट सुभाष आचार्य, प्रदेश २ बाट तेजनारायण शाह (सन्तोष) वाग्मती प्रदेशबाट सुदेश कुमार श्रेष्ठ, गण्डकी प्रदेशबाट मोहनबाबु खडका, लुम्बिनी प्रदेशबाट, गणेशप्रसाद भट्टराई, कर्णाली प्रदेश भद्र भण्डारी, सुदुर पश्चिम प्रदेशबाट पुष्करराज ओझा सर्वसम्मत भएका हुन् ।
नाडामा संस्थागत सदस्य बाहेकका पदमा दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका उम्मेदवार ध्रुवबहादुर थापा र करण चौधरीले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
नाडाको साधारणसभा यही २२ र २३ गते हुँदैछ ।
Comments are closed.