नाडाको एतिहासिक कार्यसमिति बैठक रारामा

 

मुगु । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको बताए ।

साथै अध्यक्ष थापाले कर्णाली साँच्चै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको बताए । बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो ।

jutta mela

सो अन्तरक्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माणलगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्धलगायतका विषयमा आफ्नो धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरुले सरकारलाई लिखितरुपमा सुझाव दिएको जानकारी गराए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखेका थिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कार्यक्रमको संचालन गरेका थिए ।

त्यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा लुम्बीनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईसमेतको उपस्थिति रहेको थियो ।

नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसारपसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बालबालिकाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद रु १५ हजार रुपैयाँसमेत प्रदान गरिएको थियो । नाडाका सदस्यहरुले उनका परिवारका सदस्यलाई रोजगारी दिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.