नाडा इभि एक्सपो २०२२ को स्टल बुकिङ खुला

काठमाडौं । नाडा इभि एक्सपो २०२२ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नेपालमै पहिलोपटक नाडा इभि एक्सपो २०२२ को आयोजना गर्दैछ ।

उक्त इभि एक्सपोका लागि आजबाट भदौ ५ गतेसम्म स्टल बुकिङसमेत खुला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

jutta mela

You might also like

Comments are closed.