काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुले काठमाडौँको माइतीघर मण्डलामा बिहीबार धर्ना दिएका छन् । व्यवसायीहरूले बैंकको ब्याजदर, अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत लगायतका माग राख्दै धर्ना दिएका हुन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले धर्ना कार्यक्रममा बोल्दै आयात प्रतिबन्ध हटाउन मात्र अटो व्यवसायीले आन्दोलन नगरेको र बजार पुर्ववत अवस्थामा फर्काउन आवश्यक वाताबरण बनाउन लागि दवाब मुलक धर्ना दिइएको थापाले बताए ।
त्यसैगरी, थापाले सरकारले विगत ८ महिनादेखि लगाएको आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता भएको बताए ।
थापाले भने “बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग, लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता हाम्रा मागहरुको अझै सम्बोधन भएको छैन र व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन । यस्तो बेला बजारलाई पुर्ववत् अवस्थामा फर्काउन विगतका व्यवस्थालाई निरन्तरता दिन हामी दवाबमुलक कार्यक्रम गर्न बाध्य भएका हौं ” ।
उक्त धर्नामा करिव एक हजारकोे संख्यामा उपस्थित भएका व्यवसायीहरुले सो धर्ना कार्यक्रममा कालो लुगा र कालो पट्टी लगाएर विभिन्न नाराहरु लेखिएका पम्पलेटहरु बोकी विरोध जनाएका थिए । उक्त धर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघ, लगायत नेपाल टिपर तथा ट्रक व्यवसायी समिति तथा नेपाल रिकण्डीसन व्यवसायी संघले समेत व्यानर सहित एक्येवद्धता जनाएका थिए ।
उक्त धर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले नाडाको कार्यक्रममा एक्येवद्धता जनाउदै नाडाले गर्ने आन्दोलनका कार्यक्रमहरुमा सहभागी हुने बताएका थिए । सोही दिन नाडाका ७ वटै प्रदेश एशोसिएशनहरुले आ आफनो प्रदेशमा एकैसाथ धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।
सो विरोध कार्यक्रमको सम्पूर्ण संयोजन नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका संयोजक सुनिल रिजालले गरेका थिए भने सो कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्र उप्रेतिले गर्नु भएको थियो । सो विरोध कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रममा निराकार श्रेष्ठ, आकाश गोल्छा, प्रकाश कपुरी, अनुपकुमार बराल, अभिक ज्योति,कपिल शिवाकोटी निलमणी पाठक, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, दिपक अग्रवाल र शोहन श्रेष्ठ लगायतका केन्द्रीय कार्य समिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।









Comments are closed.