‘नाडा अटो शो’ भदौ ३ देखि, अग्रिम टिकट बुकिङ खुल्ला, २० प्रतिशत छुट

काठमाडौं । नेपालमा विभिन्न मेला महोत्सव तथा प्रदर्शनीहरु हुन्छन् । भृकुटीमण्डपमा अधिकांश समय कुनै न कुनै इभेन्ट्स तथा प्रदर्शनीहरु भइरहेको हुन्छ । त्यहाँ हुने थोरै प्रदर्शनी मात्रै धेरै चर्चामा आउने गर्दछ ।

नेपालमा हुने विभिन्न प्रदर्शनी मध्ये नाडाले आयोजना गर्ने अटो शो सर्वाधिक चर्चित शो हो भन्दा फरक पर्दैन । यस पटक अटो शोको १७औं संस्करण भदौ ३ देखि ८ सम्म भृकुटीमण्डपमा हुँदैछ । अटो शो बिगतमा भन्दा अझ आकर्षक र पृथक हुने नाडाले दावी गरिसकेको छ ।

भदौमा हुने अटो शोका लागि नाडाले अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेको छ । खल्ती बाइ आईएमई मोबाइल वालेटबाट टिकट बुकिङ गर्न सकिने नाडाले जनाएको छ । अग्रिम टिकट बुकिङ गर्ने दर्शकले २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

अटो शोमा झण्डै सय वटा अटो ब्राण्डहरु प्रदर्शनीमा राखिने नाडाले जनाएको छ ।

You might also like

Comments are closed.