काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले इभि इ– भिटारा नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ ।
साथै सो अटो शोमा दशैं तिहार भरीका लागि लक्षित हुने गरी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरिएको छ । यो योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, २ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन सक्नेछन् ।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्नेछन् । साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । यसमा केही शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।
सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी भख्ष्तबचब सार्वजनिक गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ । विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो सुजुकी डिएनएको उत्कृष्ट सम्मिश्रणको इ– भितारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ । जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।
कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशमा बिक्री गरिनेछ । सुजुकीले इ–भिटाराको लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ । ईभी मात्र नभई कम्पनीले विभिन्न बजारको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ । जसमा ब्याट्री इलेक्ट्रिक), हाइब्रिड, सिएनजी र बायोफ्युल्स प्रविधिको संयोजन समावेश हुनेछ ।
Comments are closed.