काठमाडौं । नेपाली बजारमा टुनल्यान्ड जि सेभेनको सफल लञ्चपछि फोटोन टुनल्यान्डले नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखेको छ । टुनल्यान्ड भि नाइन, टुनल्यान्ड जि सेभेन र ई टुनल्यान्ड प्रमुख मोडेल बिशेष आकर्षण मानिनेछन् ।
प्रदर्शनीमा राखिएका सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन् । हाइब्रिड पिकअप टुनल्यान्ड भि नाइन एक मजबुत र शक्तिशाली गाडी हो । जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो शोमा सबैको ध्यान खिच्ने पक्का छ ।
टुनल्यान्ड जि सेभेन नेपालमै ठूलो सफलता हासिल गरिसकेको एक स्टाइलिश पिकअप हो । जुन अहिले नाडा अटो शोमा प्रदर्शित भइरहेको छ । सहज ड्राइभिङ मन पराउने चालकको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिन्छ । यसको प्रदर्शन र आरामको स्तरले जोकोहीलाई प्रभावित पार्छ ।
ई टुनल्यान्ड इलेक्ट्रिक पिकअप हो र यसले टुनल्यान्डको ग्रीन भविष्यतर्फको कदमलाई देखाउँछ । इन्धनरहित पिकअप ल्याएर टुनल्याण्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ । जसमा फोटोन टुनल्यान्डका गाडीबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषताहरू भने यथावत छन् ।
एमएडब्लु वृद्धि कमर्शियलबारे :
एमएडब्लु वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो । जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्राण्ड हो । गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ । व्यवसायिक गतिविधिलाई गतिशील बनाउन अग्रणी भूमिका खेलिरहेको यस कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्डहरू कायम गरिरहेको छ ।
Comments are closed.