काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले १० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पिताम्वरप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो ।
वैशाख मसान्तसम्म ६ अर्ब ३७ करोड लगानीमा बाँकी सावाँ रहेको र सदस्यको बचत रु एक अर्ब ८२ करोड, बैंक तथा वित्तीय क्षेत्रको कर्जा ३ अर्ब २२ करोड परिचालन भएको साधारण सभामा जानकारी गराइएको छ ।
अध्यक्ष आचार्यले लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्नका लागि नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन २०८१ को अधिनमा कार्यक्रम सञ्चालन गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका छन् ।
आइतबार भएको साधारण सभाले संस्थाको कार्य प्रगति र भावी कार्यक्रमबारे सहभागीलाई जानकारी दिएको छ । यस संस्थाले ग्रामीण तथा पिछडीएका महिलालाई वित्तीय सेवा दिदै आइरहेको छ ।
Comments are closed.