काठमाडौं । बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् ।
क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताएका हुन् ।
“नेपालमा धेरै पटक नसोँचेका घटनाहरू हुने गरेका छन्, जसको कारण सरकारी सम्पत्तिको पनि ठुलो क्षति हुने गरेको छ, भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन” उनले भने ।
अहिले भएको सरकारी सम्पत्तिको पनि क्षतिको पनि बीमा गरिएको छैन, सरकारी सम्पदा तथा सम्पत्तिको पनि बीमा गर्न आवश्यक रहेको उनी बताउँछन् । अहिले नेपालमा बैंक इन्स्योरेन्स अनिवार्य आवश्यकता भएको उनले जनाए ।
उनी भन्छन्, “यो पनि आवश्यक छ, यसले सम्पूर्ण क्षेत्रको कभर गर्छ, अहिलेको आन्दोलने ठुलो क्षति गर्छ भनेर बीमा कम्पनीहरूले सोँचेको थिएनन्, नसोँचेको घटना भयो, अहिलेको घटनाको ६५ प्रतिशत क्षतिको कभर गर्ने योजना छ ।”
Comments are closed.