काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्ने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’का लागि स्टल बुकिङ खुल्ला गरेको छ । नाइमाले आउँदो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ गर्ने तयारी गरेको छ ।
एक्स्पेमा अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ, उद्योगीलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने नाइमाले जनाएको छ । नाइमाले बैशाख २२ गते खुलाएको स्टल बुकिङ यही २९ गतेसम्म गर्न सकिने जनाइएको छ । ‘इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाडफाड पारदर्शी लटरी प्रणाली मार्फत गरिनेछ,’ नाइमाले भनेको छ ।
दुई र चार पाँङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधनका लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको नाइमाले जनाएको छ । प्रदर्शनीको व्यवस्थापन र संयोजन मिडिया स्पेस सोलुसन्स प्रा.लि.ले गर्नेछ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आकर्षक प्रदर्शनी बन्ने नाइमाले विश्वास लिएको छ ।
‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ नाइमाका संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन्, ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालालाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीलाई एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं ।’
अटोमोबाइल क्षेत्रका निर्माता, डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्नेलाई एउटै मञ्चमा उपस्थित गराउने नाइमाले जनाएको छ ।
Comments are closed.