नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को आयोजना, ५० ओटा ब्राण्डहरु सहभागी हुने

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यालय कमलपोखरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्टल बाँडफाँड गरेको हो ।

नाइमाले आउँदो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्दैछ । कार्यक्रममा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्राण्ड सहभागी थिए । कुल ४८ स्टलमध्ये २१ वटा चारपांग्रे सवारी ब्राण्डलाई, १८ वटा दुईपांग्रे ब्राण्डलाई र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्राण्डलाई प्रदान गरिएको नाइमाले जानकारी दिएको छ ।

नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्राण्डबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले उत्साह थपिएको नाइमाका अध्यक्ष रितु सिंह वैद्यले बताइन् । उनका अनुसार सबै स्टल बुक भइसकेका छन् भने प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रीत छ । नाइमाले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुर्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्मातासँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्दछ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नविनता थप्नेछ । यो प्रदर्शनले बजारमा धेरै उपभोक्ता र अटोमोबाईल व्यवसायीलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउनेछन् । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागी हुने ब्रान्डहरु

सहभागी चारपांग्रे सवारी ब्राण्डहरु

BYD, Citroen, Forthing, Great Wall Moton, Henry Volts. Hyundai, Kayı, KIA, Leapmotor, LEV 1, Mahindra Maxus, Mazda, MG, Mitsubishi, Nissan, Omoda & Jaecoo, Peugeot, Proton, Renault, Toyota Volkswagen, Zeekr.

सहभागी दुईपांग्रे सवारी ब्राण्डहरु

Ampere Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph. TVS Ultraviolette, Yadea, Zeeho.

सहभागी व्यावसायिक सवारी साधन ब्राण्डहरु

Chery। Kama, Karry, Kinglong, Sunlong Wanda, Dongfeng, Farizon, Huazi.

You might also like

Comments are closed.