काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका ४ नयाँ मोडेल सार्वजनिक हुने भएको छ । आइहब प्रालि, सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले भोलीदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका ४ नयाँ मोडेल सार्वजनिक गर्दै प्रदर्शनमा राख्ने तयारी गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्राण्डको सहभागिता रहनेछ । जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलमा दुई ई–स्कुटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् । यी मोडेलहरू शहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।
‘सेग्वे ई१५० एमके२’ मा ७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ । जसले अधिकतम ९० कि.मी/घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्म यात्रा गर्न सक्छ । ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ । जसले ७० कि.मी/घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ ।
‘सेग्वे जाइबर ई–बाइक’ मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ कि.मी/घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्म चल्न सक्छ । यो मोडेल दैनिकी र हल्का साहसिक यात्रु दुवैका लागि उपयुक्त मानिन्छ । ‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ । जसले अधिकतम ३२ कि.मी/घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्म चल्न सक्छ । साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
यी ४ मोडेलको लञ्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ । यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुत गर्नेछ । नेपाली यात्रुलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री विकल्प उपलब्ध गराउनेछ । भोलीदेखि सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा यस वर्षको प्रमुख आकर्षणमध्ये सेग्वेका यी नयाँ मोडेल रहने निश्चित भएको छ ।
सेग्वेको बारेमा :
सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो । करिब दुई दशकभन्दा बढी अनुभवसहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ । यसको सहायक कम्पनीहरू बीजिङ, सियाटल, लस एन्जलस, आम्स्टरड्याम, सिओल, सिंगापुरलगायत प्रमुख शहरमा रहेका छन् । सेग्वे–नाइनबोटले प्रयोगकर्तालाई प्रविधिमैत्री र भविष्यमुखी सवारी साधन उपलब्ध गराउने उद्देश्यसहित निरन्तर नयाँ उत्पादन विकास गरिरहेको छ ।
Comments are closed.