काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने नाइमा मोबिलिटी शोमा म्याक्सस मिफा ७ लञ्च हुने भएको छ । आउँदो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी शोमा म्याक्सस मिफा ७ एमपिभी विद्युतीय कार लञ्च हुने भएको हो ।
चाइनाको प्रख्यात एसएआईसि मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्राण्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा पर्ने गर्छ । केही समयअघि यही म्याक्सस ब्राण्डकै इटोरोन नाइन विद्युतीय लक्जरी फोरह्वील पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लञ्च गरिएको थियो ।
७ सिट क्षमताको यो लक्जरी एमपीभी म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो । हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो । जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले यो मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेको लागि अत्यन्त उपयुक्त हुने बताए । ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबि, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले युरो एनक्याप, सिएनक्याप, एएनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ ।
यस गाडीको ९० किलोवाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ । प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई–परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ ।
८ वर्ष वा २ लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो म्याक्सस मिफा ७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरका साथ असाधारण सुविधाको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ । यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो ।
Comments are closed.