काठमाडौं । नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्न नमस्ते पे ले नयाँ अफर सुरु गरेको छ ।यो अफर यही पुस १ देखि फागुन २९ गतेसम्म लागु हुनेछ । यस अफर अन्तर्गत नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, हरेक बुधबार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुले प्रत्येक टिकटमा तुरुन्तै रु १५० क्यासब्याक प्राप्त गनफ सक्ने बताइएको छ । साथै, हरेक महिना १ भाग्यशाली उडानकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार प्राप्त गर्नेछन् ।
क्यासब्याक प्राप्त गनग प्रयोगकर्ताले प्रोमोकोड प्रयोग गर्नु पर्दैन । जसको अथवा प्रयोगकर्ताले नमस्ते पे मार्फत जसले धेरै लेनदेन गर्नेछन्, उसले नै धेरै क्यासब्याक पाउनेछन् । नमस्ते पे नगदरहित समाज निर्माण गर्ने प्रयासमा उल्लेख्य भुमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रवद्र्धनमा पहुुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताले अफलाइन सेवाको फाइदा लिन सक्दछन् ।
रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।
Comments are closed.